ताजा खबर

रोनाल्डोले बनाए नयाँ प्रेमिका

जेष्ठ १६ ,

सुपर मोडल इरिनासँगको पाँचवर्षे सम्बन्ध तोड्दै रोनाल्डो इटालीकी मोडल एलिसिया टेडेस्चीसँग नजिकिँदै

म्याड्रिड/ पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो प्रेमिका फेर्न माहिर छन् । रोनाल्डोले लामो समय एकै प्रेमिकासँग बिताएका छैनन् । सुन्दरी देख्नासाथ प्रेमिका बनाउन आतुर हुन्छन्, रोनाल्डो । रोनाल्डोले बलिउडकी नायिका विपसा बासुदेखि मोडल इरिना सायकसँग सम्बन्ध राखिसकेका छन् । रोनाल्डोले ती महिलासँगको सम्बन्धलाई स्थायी रूपमा कायम राख्न सकेनन् । रोनाल्डोले केही समयअगाडि मात्र सुपर मोडल इरिनासँग पाँचवर्षे सम्बन्ध तोडेका थिए । इरिनासँग टाढिएपछि रोनाल्डोले हालै एक प्रेमिका भेट्टाएको पश्चिमेली मिडियाहरूले खुलासा गरेका छन् । रोनाल्डो र इटालिकी मोडल एलिसिया टेडेस्चीबीच सम्बन्ध विकास भएको मिडियाले दाबी गरेका छन् । दुई साताअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल लेगमा रियल म्याड्रिडको खेल हेर्न एलिसिया म्याड्रिड पुगेकी थिइन् । दोस्रो सेमिफाइनल लेगमा रियल युभेन्टससँग १–१ को बराबरीमा रोकियो । जसका कारण रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरियो । रियल प्रतियोगिताबाट बाहिरिँदा एलिसिया दु:खी भइन् । प्रेमी रोनाल्डोको क्लब फाइनल नपुग्दा उनी दु:खी बनेकी थिइन् । ब्रिटिस मिडियाका अनुसार एलिसियाले बर्लिनमा फाइनल हेर्ने समय मिलाइसकेकी थिइन् । एजेन्सीका अनुसार च्याम्पियन्स लिगको सेमिफाइनलका लागि रोनाल्डोले सान्टिएगो बर्नाबेउ रंगशालामा एलिसियाका लागि भिभिआइपी टिकट उपलब्ध गराएका थिए । खेलको समाप्तिपछि दुवै डिनरका लागि निस्किए । ब्रिटिस मिडियाले एलिसिया र रोनाल्डोबीचको चर्चा गरे पनि यी दुईबीचको डेटिङ फोटो सार्वजनिक गरेका छैनन् । तर, रमाइलो पक्ष के भने एलिसिया जहाँ जाने गर्छिन्, त्यहाँ रोनाल्डोको पनि उपस्थिति हुन्छ । गत साता कानेस फिल्म फेस्टिभलमा भएको एलिसियाको फोटो सेसन कार्यक्रममा रोनाल्डो एक भिभिआइपी गेस्टका रूपमा पुगेका थिए । एलिसियासँग नजिक हुने प्रयासकै लागि रोनाल्डोले इरिनाबीचको सम्बन्ध तोडेको ब्रिटिस मिडियाले जनाएका छन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *