ताजा खबर

प्याराग्लाईडीङले नयाँ उमंग र तरङ दियो – महानायक राजेश हमाल

दिननाथ बराल

पोखरा १६, जेठ

महानायक राजेश हमालले पहिलो पटक पोखरामा साहासिक खेल प्याराग्लाईडीङ गरेका छन । उनले सुक्रबार पोखराको आकासमा पहिलो पटक प्याराग्लाईडीङ गरेका हुन । उनले भने “साहासिक खेल प्याराग्लाइडीङ गर्दा मलाई नयाँ उमंग र तरङग पैदा भएको छ । ”

साहासिक खेल प्याराग्लाईडीङ गरेसंगै काठमाण्डौ फर्कादा आफुमा नयाँ जोस जागर हुने उनले बताए । पोखराको आकासबाट पोखरा फेवाताल राम्रोसंग अवलोकन गर्न पाएकोमा खुसि व्यक्त गर्दै उनले भने साच्चै आनन्द र मज्जा लिन त प्याराग्लाईडी गर्नु पर्ने बताए । उनले भने “साहासिक खेल भन्ने वित्तिकै मलाई डर लागेर आउने गरेको थियो तर प्याराग्लाईडीङ गरे पछि धेरै ढिलो प्याराग्लाईडीङ गरेछु ।” थ्रिसिक्टि (३६०) प्याराग्लाईडीङ कम्पनि मार्फत महानायक हमाललाई प्याराग्लाईडीङ पाईलट विकास कार्कीले प्याराग्लाईडीङ गराएका हुन ।

चलचित्रमा साहासिक नायकको रुपमा प्रस्तुत भएका महानायक हमाल साहासिक खेलमा डर लागेका कारण हालसम्म कुनै पनि साहासिक खेलमा हात नहालेको बताए । उनले भने “अब मेरो साहासिक जुन सुकै खेलमा ढोका खुल्यो ।” भूकम्पले हल्लीयका मनलाई रंगकर्मीको तर्फबाट पोखरालाई तरङगीत पार्दै पहिलाकै अबस्थामा फर्काउन कलाकारको ठुलो भुमिका हुने समेत उनले बताए । नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहदा रहदै हामी कम सावधानि भएका कारणले गर्दा पुराना भौतिक तथा माटा ढुंगाका घरहरु भत्केको महानायक हमालले बताए । उनले भने “अब हामी विपतीमा परौं, भनेर रुने कराउने होईन अब हामी सवै नेपाली एक भएर अघि बढ्नु पर्दछ, सकेकोले विपतमा परेकालाई सहयोग गर्नु पर्दछ यो नै हाम्रो मानवीय धर्म हो ।” विपद भनेको हाम्रो वहस भन्दा बाहिरको भएकोले बताउदै उनले सक भर विपदबाट बच्न भौतिक संरचना बनाउदा ध्यान दिनुपर्नेमा जोड दिए । यसै विच महानायक हमालले शनिबार पोखराको आकासमा अल्ट्रा लाईट समेत गरेका छन । पोखरा अल्ट्रालाईटबाट उनले पोखराको दृश्य अवलोकन गरेको पोखरा अल्ट्रालाईटका एक संचालक विप्लप पौडेलेले बताए ।

उनले भने “राजनैतिक बिबाद भएको अबस्थामा विपतले एकै ठाँउमा ल्याएको छ, सवैलाई एक जुट गराएको छ, पर्यटकहरुलाई नेपाल आउने वातावरण मिलाउन सकरात्मक ढंगले सन्देश प्रवाह गर्नु पर्दछ ।” भूकम्पले गर्दा धेरै क्षेत्रमा असर पारेकोले कलाको क्षेत्रमा असर पारेकोले अब रिस मोलेर भए पनि पुर्ववत अबस्थामा फर्काउनु पर्ने उनको जोड थियो । विदेशमा यही रेक्टल स्केलको भूकम्प जादा लाखौं मान्छे मरेका छन भने हाम्रो देशमा करीब ९ हजारको हाराहारीमा मान्छे मार्ने कल्पना गरे भन्दा केहि कम भएको उनले बताए । कलाकर्मीले देशमा विपतमा परेका मनलाई फुरुङग पार्न पनि आफ्नो ठाँउ ठाँउमा आफ्नो अभियन गर्नु पर्ने उनको जोड थियो ।

Related posts