ताजा खबर

‘पर्यटन व्यवासायीको विदेशी संचारमाध्यमसँग अनुरोध सकारात्मक सन्देश प्रवाह गरिदिनुस्’

पोखरा, १६ जेठ,

भूकम्पले पर्यटन क्षेत्रमा निकै नै असर पारेकोले यसको पुर्नजागरणको लागि सकारात्मक सन्देश प्रवाह गरिदिन यहाँका पर्यटन व्यवसायीले विदेशी संचारमाध्यमसँग अनुरोध गरेका छन् ।

पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) ले शनिबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाका नेपालस्थित पत्रकारलाई पोखरा बोलाएर पर्यटन प्रवद्र्धनका लागि सकारात्मक सन्देश प्रवाह गरिदिन आग्रह गरेको छ । पिटिआरसीमा आवद्ध व्यवसायीले सकारात्मक सन्देश पाएमा विदेशी पाहुना आउने भएकोले त्यसमा सघाउन संचारमाध्यमलाई आग्रह गरेका थिए ।

भूकम्प लगत्तै केहि संचारमाध्यमले नकारात्मक समाचार दिँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यवासायीको गुनासो छ । संचारमाध्यमसँगको छलफलमा बोल्दै पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले भूकम्पको असरबारे केहि नकारात्मक सन्देश बाहिर फैलिएकोले त्यसबारेमा सचेत भइदिन संचारमाध्यमसँग आग्रह गरेका थिए । भूकम्पले केहि क्षेत्र मात्र असर परेपनि सिंगो नेपालमा क्षति नभएकोले सुरक्षित क्षेत्रबारे पनि समाचार सम्पे्रषण गरिदिन संचारमाध्यमसँग उनले अनुरोध गरेका थिए ।

नेपालका मुख्य राजमार्ग, अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमानस्थल र अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित रहेको छ भन्ने सन्देश प्रवाह गरेर सहयोग गरिदिन उनले आग्रह गरेका थिए । अन्तर्राष्ट्रियस्तरका संचारमाध्यमकै आधारमा नेपालमा धेरै पर्यटक आउने भएकोले त्यसमा सहयोग गर्न उनले अनुरोध गरे । ‘हामीले भूकम्पबाट आर्थिक क्षति मात्र भोगेका हौ । पोखरा र आसपासका क्षेत्र भौतिक रुपमा सुरक्षित छन्’ उनले भने, ‘सुरक्षित क्षेत्रबारे पनि समाचार प्रवाह भए त्यसले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ ।’

पिटिआरसीको प्रवद्र्धन समितिका संयोजक बासु त्रिपाठीले नेपाल आउने मध्ये ६० प्रतिशत पर्यटक जाने मुख्य पदयात्रा अन्नपूर्ण क्षेत्र सुरक्षित रहेकोले यसबारे सकारात्मक सन्देश दिएर सघाउन अनुरोध गरे । ‘पर्यटन क्षेत्रमा असर नै नपरेको होइन । तर, धेरै ठाउँ सुरक्षित छन् । सुरक्षित क्षेत्रबारे पनि सकारात्मक सन्देश दिनुप¥यो’ उनले भने, ‘सुरक्षित क्षेत्रबारे पनि संचारमाध्यमले ठाउँ पाएमा त्यसको सकारात्मक सन्देश पर्यटन क्षेत्रमा पर्छ ।’

पिटिआरसीका सह संयोजक विश्व पालिखेले पोखरा लगायतका सुरक्षित पर्यटकीय क्षेत्र घुम्न जाउँ भन्ने सन्देश पठाउन सके आगामि सिजनसम्म पोखरामा धेरै विदेशी भित्रयाउन सकिने बताए । सकारात्मक सन्देशका लागि सहयोग गर्न उनले विदेशी तथा स्वदेशी संचारमाध्यलाई आग्रह गरे ।

पिटिआरसीका संचार संयोजक टिकाराम सापकोटाले संचारमाध्यमकै कारण कुनैपनि मुलुकका पर्यटकको यात्रा तय हुने भएकोले त्यसमा सघाउन आग्रह गरे । उनले पोखराको पर्यटन क्षेत्र उकास्नका लागि पिटिआरसीले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरेको बताए । पर्यटकको आत्मबल बलियो बनाउनका लागि संचारमाध्यमको भूमिका हुने भएकोले त्यसबारेमा सोचिदिन सापकोटाले आग्रह गरेका थिए ।

नेपाल पर्यटन बोर्डकी प्रर्वद्धन तथा बजार व्यवस्थापन म्यानेजर उज्जला दलीले पिटिआरसीले गरेको प्रवद्र्धनात्मक गतिविधि अझै बढाएर पर्यटक आकर्षण गर्नुपर्ने बताइन । उनले पोखरा अहिले पर्यटक विहीन भएकोले त्यसमा सकारात्मक सन्देश पठाउन आग्रह गरिन । ‘बोर्डले पोखरा र चितवन सहित अन्य पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि विशेष पहल गरिरहेको छ । भूकम्पले असर पारेको यो बेला मिडियाले सकारात्मक सन्देश दिनु पर्छ’ उनले भनिन ।

पोखरा पर्यटक परिषदका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले पोखरा र आसपासका क्षेत्र उकास्नका लागि यतिबेला सकारात्मक सन्देश जानु जरुरी रहेको बताए । भारतीय सहित अन्य मूलुकका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरु अहिले पोखरा आएर यहाँका व्यवसायीसँग छलफल गरिरहेका छन् । विदेशी मिडियाका ती पत्रकारहरुले पोखरा सुरक्षित रहेको बारेमा समाचार सम्पे्रषण गरेर सघाउने बचन दिए । उनीहरुले पोखरा सुरक्षित रहेको भन्ने बारेमा बाहिर धेरैलाई थाहा नभएकोले पनि पर्यटकहरु पोखरा आउन त्रसित भएको बताए ।

स्रोत:पोखरापत्र

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *