ताजा खबर

अर्घाखाँची सिमेन्ट द्धारा पोखराका निर्माण व्यवसायीलाइ सचेतना

दिननाथ बराल

पोखरा जेठ १६ : अर्घाखाँची सिमेन्ट प्रा.लि.द्धारा उत्पादित ओपीसी सिमेन्टले आज (शनिबार) पोखराका निमार्ण व्यावसायीहरुलाई घर तथा भवन निमार्ण गर्ने बिषयमा प्रशिक्षण गराएको छ । पोखराका करीब ५० जना निमार्ण व्यावसायीलाई ईन्जीनियर विकास भट्टराइ सहितका व्यक्तिहरुले घर तथा भवन निमार्ण गर्दा भुकम्प प्रतिरोधात्मक बनाउन सुझाव दिदै भूकम्पले मान्छे मार्ने नभई मानवले बनाएका संरचना भत्केर थिचिएर मर्ने तथा घाईते हुने गरेको बताएका हुन ।

घर तथा भवन निमार्ण गर्दा आवश्यक मात्रमा सिमेन्ट, वालुवा, गिटी, रडको सहित प्रयोग गर्न आग्रह गर्दै ईन्जीनियर विकास भट्टराइले अब बन्ने घर तथा भवनमा बिषेश ध्यान दिन आग्रह गरेका हुन । जर्मन प्रविधिमा स्वदेशी उत्पादन क्लीकर ९५ प्रतिशत जसो भएकोले अन्य सिमेन्ट भन्दा बढी टिकाउ तथा गुणस्तरको भएको उनले दाबी गरे ।

गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भुकम्पले ठुलो मात्रामा जनधनको क्षती भएको कुरालाइ आत्मासाथ गर्दै व्यक्ति तथा उद्योगी व्यवसायीले अब निर्माण हुने संरचनाहरुलाइ भूकम्प प्रतिरोधात्मक र मापदण्ड भित्र रहेर काम गर्न सुझाव समेत दिएका हुन ।

करीब ५ अर्व लगानीमा रुपन्देहिको मैनवा गाविस १ मा गत पुषदेखि उक्त सिमेन्ट उत्पादन हुन सुरु भएको प्रालिका सिनियर सेल्स म्यानेजर रमेश थापाले बताए । उक्त उद्योगबाट दैनिकजसो २४ हजार बोरा सिमेन्ट उत्पादन हुने गरेको थापाले बताए । क्लीङकर फ्याक्टी समेत भएकोले स्वदेश चुन ढुंगा प्रयोगले गर्दा आफुहरुको सिमेन्ट गुणस्तरको भएको म्यानेजर थापाले बताए । अर्घाखाँची सिमेन्टका गण्डकी तथा धौलागिरीका सेल्स अपिसर जिवन न्यौपानेले यस क्षेत्रमा दैनिकजसो ५ ट्रक अर्थात १ हजार ७ सय वोरा सिमेन्ट विक्रि हुने गरेको बताए । उक्त सिमेन्टको मुल्य फ्याक्टी मुल्य ६ सय ९० रहेको छ । उक्त सिमेन्ट पुर्वदेखि पश्चिम क्षेत्रसम्म विक्रि वितरण हुदै आएको प्रालिले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *