अफिस टिप्स-

२०७२ जेष्ठ १५,

– सहकर्मीको नजरमा नकारात्मक प्रभाव पार्ने व्यवहार नगर्नुहोस्।

–  सहकर्मीको भावनाको कदर गर्नुहोस्। उनीहरूले के भनिरहेका छन्, त्यसलाई राम्रोसँग सुन्नुहोस्।

 – आफ्नो काममा कुनै द्विविधा भए, हाकिमसँग सोध्न नडराउनुहोस्। स्पष्ट रूपमा नबुझी कुनै काम अघि बढाउँदा त्यसले राम्रो नतिजा दिँदैन, जसको दीर्घकालीन प्रभाव करियरमा पर्छ।

– कार्यालयमा होस् वा कुनै अनौपचारिक भेटघाट, सहकर्मीहरूका अगाडि राम्रोसँग प्रस्तुत हुनुहोस्। आफ्नो व्यवहारले अरूलाई असहज भएको त छैन? ख्याल गर्नुहोस्।

-अप्रत्याशित आइपर्ने जिम्मेवारीलाई धैर्यतापूर्वक वहन गर्नुहोस्।

– आफूलाई व्यवस्थित गर्न सके आफ्नो समयलाई प्रभावकारी ढंगले प्रयोगमा ल्याउन सकिन्छ।

स्रोत:साप्ताहिक

Related posts