झापामा लिटिल प्रिन्स र प्रिन्सेस

२०७२ जेष्ठ १५,

झापाको तोपगाछी केरखामा ग्ल्यामरस नेपालले ‘लिटिल प्रिन्स र प्रिन्सेस’ शीर्षकको प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्ने भएको छ। जेठ २३ गते पहिलो चरणको छनोट गरिने उक्त प्रतियोगिताको फाइनल असार अन्तिम साता हुने बताइएको छ। प्रतियोगितामा सहभागी बालबालिकाको शारीरिक सौन्दर्यलाई भन्दा उनीहरूको बौद्धिक क्षमता र योग्यतालाई प्राथमिकता दिइने जनाइएको छ।

प्रतियोगितामा सहभागी ५ देखि ९ वर्ष तथा १० देखि १४ वर्षका बालबालिकाहरूलाई बेग्लाबेग्लै समूहमा वर्गीकरण गरिने बताइन्छ। प्रतियोगिताको विजेताले मुकुट, प्रमाणपत्रलगायत विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्। त्यसबाहेक प्रतियोगितामा फस्र्ट, सेकेन्ड तथा थर्ड रनर्सअपसहित विभिन्न विधामा विजेता चयन गरिनेछ।

स्रोत:साप्ताहिक

Related posts