२०७२ जेष्ठ १५
निर्देशक निर्मल शर्माले पोखरामा चलचित्र ‘ब्रासलेट’ को छायांकनलाई निरन्तरता दिइरहेका छन्। निर्माता केशव भट्टराईका अनुसार भूकम्पका कारण चलचित्रको युनिट पोखरामै अड्किएपछि छायांकनलाई निरन्तरता दिइएको हो। पोखरामा भूकम्पको प्रभाव नपरेकाले पनि छायांकनलाई निरन्तरता दिन सहज भएको निर्माण पक्षले जनाएको छ। वैशाख १२ को भूकम्पपछि १५ दिनका लागि छायांकन स्थगन गर्ने निर्णय गरेको ‘ब्रासलेट’ युनिट वैशाख २८ गते स्याङजाको मिर्मी पुगेको थियो। २९ गते छायांकन प्रारम्भ गर्नै लाग्दा पुन: भूकम्प गएपछि युनिट पोखरा आएर बसेको थियो। अभिनेता भुवन केसीको चलचित्र ‘ड्रिम’ को युनिट पनि अहिले पोखरामै छ। मनाङ गएर सुटिङ गर्ने योजनामा रहेका भुवन केसी उपयुक्त मौसमको पर्खाइमा छन्।
स्रोत:साप्ताहिक