ताजा खबर

पोखराबाट भूकम्प पिडितलाई सहयोग

दिननाथ बराल

पोखरा १४, जेठ

नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको भूकम्प पिडित खेलपत्रकार सहयोग कोषमा पोखराबाट सहयोग जुटन थालेको छ । केही दिन अघि मात्र तीन वटा संस्थाले पोखराबाट उक्त कोषमा करीब ५६ हजार सहयोग हस्तान्तरण गरेका थिए भने विहिबार दुई संस्थाले ३० हजार सहयोग गरेका छन ।

नेपाल ह्याण्डवल संघले २० हजार र बगर भाईखलक कास्की नेपालले १० हजार संघका अध्यक्ष तेजबहादुर गुरुङ, बगर भाईखलका अध्यक्ष दिलबहादुर गुरुङले उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललाई विहिबार पोखरामा हस्तान्तरण गरेका हुन । भूकम्पमा परी मृत्यु भएका मकवानपुर खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन भोम्जन सहितका अन्य भूकम्प प्रभावितहरुको परिवारजनलाई सहयोग गर्ने उद्धेश्यले उक्त कोष स्थापना गरीएको अध्यक्ष फुयाँलले बताए ।

उक्त कोषमा हालसम्म करीब ३ लाख रुपैया भन्दा बढी संकलन भएको मञ्चले जनाएको छ । यस अघि भूकम्पमा परी मृत्यु भएका पत्रकार सुमन भोमम्जन र भलिवलका बरिष्ठ प्रशिक्षक केशवलाल श्रेष्ठको परिवारलाई राहत स्वरुप फुटवलका राष्ट्रिय खेलाडी अनिल गुरुङ, भलिवलका राष्ट्रिय खेलाडी मन्जु गुरुङ, र भलिवल खेलाडी परिक्षा गुरुङ र सिपोरा गुरुङको चार सदस्य टोलीले ३०÷३० हजार रुपैया आर्थिक सहयोग गरेका थिए । त्यसै गरी सहारा क्लबले समेत पत्रकार भोम्जनको परिवारलाइ सहयोग गरेको छ । क्लवले कोषमा १५ हजार ५ सय ५५ रुपैंया र सिपोरा अभिनित फिल्म याम्फावती निर्माता थुम्रो ईन्टरनेशनलले पनि उक्त  कोषमा ११ हजार १ सय ११ रुपैंया प्रदान गरेको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *