ताजा खबर

कास्की बर्ष खेलाडीबाट पुनम गुरुङ र खेल पत्रकारबाट दिननाथ बराल सम्मानित हुने

समाचारकक्ष

पोखरा १४, जेठ

व्याडमिन्टनकी अन्तराष्ट्रिय खेलाडी पुनम गुरुङ कास्की बर्ष खेलाडीबाट सम्मानित

हुने भएकी छन । जिल्ला खेलकुद विकास समिति कास्कीले कास्की बर्ष खेलाडी २०७१

बाट उनलाई सम्मान गर्न लागेको समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

अन्तराष्ट्रिय खेलाडी पुनले जिल्ला, क्षेत्र, राष्ट्रिय स्तरका खेलहरुमा सहभागि हुदै

दक्षिण कोरीयामा गत बर्ष आयोजना भएको एसियाली गेममा सहभागि भएकोले

उनलाई कास्की बर्ष खेलाडीको रुपमा सम्मान सहित नगद ३० हजार प्रदान गरीने

भएको बरालले बताए । भोलि सुक्रबार जेष्ठ १५ गते गणतन्त्र दिवस को अवसर

पारी उक्त सम्मान सहित अन्य विधाका व्यक्ति ताथ संस्थालाई पोखरा रंगशालामा

सम्मान गरीने भएको समितिका कार्यालय प्रमुख बरालले जनाए ।

त्यसै गरी कास्की बर्ष खेल पत्रकारबाट रेडियो अन्नपुर्णका संवाददाता दिननाथ

बराल सम्मानित हुने भएका छन । विगत २०६४ साल देखि रेडियो अन्नपुर्णमा आबद्ध

भएका बरालले खेलकुदको समेत विट पत्रकारीता गर्दै आएका छन । यस अघि उनी

खेलकुद क्षेत्र अन्र्तगत सहारा क्लव सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट समेत

सम्मानित भएका थिए । त्यसै गरी जिल्ला विकास समिति कास्कीबाट बर्ष उत्कृष्ट

पत्रकार २०७१, गण्डकी धौलागिरी सार्वजनिक यातयात व्यावसायी समन्यव समितिबाट

यातयात पुरस्कार यसै बर्ष प्राप्त गरे भने रेडियो अन्नपुर्णको

बार्षिकोत्सवको अवसरमा वेष्ट न्युज अफ दी पर्सनबाट सम्मानित भएका हुन ।

२०६० साल देखि सञ्चार दपर्णबाट पत्रकारीता सुरु गरेका बरालले हाल रेडियो

अन्नपुर्ण, कारोवार दैनिक, पोखरा पत्र लगायतका संचार माध्यममा आवद्ध रहेका

छन ।

त्यसै गरी कास्की बर्ष उत्कृष्ट प्रशिक्षकबाट सुरेन्द्र कुमार गुरुङ, कास्की बर्ष

आर्दश व्यत्तित्वबाट खेमबहादुर गुरुङ, कास्की उत्कृष्ट संघ संस्थाको तर्फबाट

कास्की जिल्ला व्याडमिन्टन संघ सम्मानित हुने भएको समितिले जनाएको छ ।

समितिको निर्णय अनुसार उक्त विधामा गणतन्त्र दिवसको अवसरमा उक्त पुरस्कार

सहितको सम्मान गरीने भएको हो । विभिन्न विधामा सम्मान हुने व्यक्ति तथा

संस्थाले जनहि ५÷५ हजार प्राप्त गर्ने भएका छन ।

Related posts