दिननाथ बराल
पोखरा ११, जेठ
गोमा एयरले आज मंगलवर देखि पोखरा जोमसोममा नयाँ जहाजबाट सेव दिने
भएको छ । करीब ६० करोड मुल्य परेको नयाँ लेट ४१० नम्बरको १८ सिट
क्षेमताको उक्त जहाजबाट मंगलबर देखि पोखरा जोमसोममा फ्लाईट गर्ने
भएको गोमा एयरका स्टेशन म्यानेजर पोषणमणि त्रिपाठीले बताए । उनका अनुसर
चेक रिपब्लिकबाट उक्त जहज नेपालमा भित्राईएको हो । यस अघि गोमा एयरले
पुर्व तर्फको पहाडी क्षेत्रलाई लक्षित गरी सोहि मोडलकोे नयाँ जहाजबाट
सेवा संचालन समेत गरेको त्रिपाठीले बताए ।
उनले भने “हामीले मे को पहिलो हप्तामा पोखरा जोमसोम गोमा एयरबाट सेव
गर्ने तयारी गरे पनि भूकम्पको प्रभावले गर्दा मंगलबारबाटै सेवा दिने भएका
छौं ।” पोखरा जोमसोमको विदेशी पर्यटकको लगि १ सय १२ डलर, भारतीय
पर्यटकको लागि ७ हजार २ सय ६०, नेपालीको लागि ४ हजार ९ सय ६० र नर्मल
फ्लाईटम नेपालीलाई भने २ हजार ६ सय रुपैया शुल्क रहेको स्टेशन म्यानेजर
त्रिपाठीले बताए । क्याप्टेन आर्रबी रोकायले यात्रुको माग अनुसार मंगलबार
देखि दैनिक ४÷५ फ्लाईट गर्ने भएको गोमा एयरले जनाएको छ ।
आईसीएओ सिफरीसमा उक्त जहाज सेफ्टी ईकुमेन्ट रहेकोले ईन्जीनियर
आर.के. सिंहले बताए । उनले भने “हाम्रो जहाजमा ठुले जहाजको जस्तो
सेफ्टी छ । ” नेपालको प्राय सवै जसो धावन मार्गमा उडान गर्न उपयुक्त
भएकोले दुर्गम तथा पहाडी एवं रातीको समयमा समेत सेवा दिन सकिने सिंहले
बताए । गोमा एयरको हाल ४ वटा जहाज रहेको जसले काठमाण्डौं लुक्ला,
थाप्लु, सुर्रखेत लगायतको क्षेत्रमा सेव दिदै आएको गोमा एयरक प्रवन्ध
निर्देशक मनोज कार्कीले बताए । यस अघि यति एयरलायन्स र सिम्रिक एयरले पनि
पोखरा देखि जेमसोम हवाई उडन गर्दै आएका छन ।